२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ रियल बेटिस बार्सिलोनासंग पराजित

रियल बेटिस बार्सिलोनासंग पराजित

 

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ ।

शनिबार राति  घरेलु मैदानमा  भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एकरएक गोल थपे ।

बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एकरएक गोल फर्काए । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार