२०८३ मंसिर १३ गते शनिवार | November 28, 2026

गृहपृष्ठ पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर एक जना युवकको ज्यान गयो

पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर एक जना युवकको ज्यान गयो

पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका(१ गैरागाउँका २१ वर्षीय विनित बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।

बगनासकाली गाउँपालिका ७ रानीघाटनजिकै कालीगण्डकी नदीमा पौडिने क्रममा आज दिउँसो साढे १२ बजे उनी डुबेका थिए। नदीदेखि १५० मिटर पूर्वतर्फ रहेको पानीमा मृत अवस्थामा बस्याललाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीसँगै पौडी खेलेका अर्का साथी भने पौडिएर कालिगण्डकी पार गरेका थिए। घटनाबारे थप अुनसन्धान भइरहेको गिरीले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार