२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ गायक श्रीधरले लिएर आए आफ्नै “मनकी रानी” (भिडियो सहित)

गायक श्रीधरले लिएर आए आफ्नै “मनकी रानी” (भिडियो सहित)

बिगत लामो समयदेखि लोक गीतको संसारमा आफ्नो भविष्य खोज्दै हिंडेका श्रीधर अधिकारीको आफ्नो शब्द,सङ्गीत रहेको र चर्चित गायीका देवी घर्ति अनि आफु स्वयमको  आवाजमा रहेको “मनकी रानी ” गीत बजारमा सार्बजनिक गरेका छन  ।  उक्त गीतको  एरेन्ज  कृष्ण वि.क(भान्जा )ले  गरेका छन् । निहारीका फिल्मसको सहकार्यतामा निर्माण गरिएको उक्त गीतको भिडियोलाई निर्देशन र सम्पादन श्रेष्ठले गरेका छन् भने छायांकन योगेश शाक्यको रहेको छ ।

गीतमा यम पाण्डे,सनम काउचा मगर,अनुपम पौडेल,सागर ज्ञवाली लगायतका कलाकारको अभिनय रहेको छ । श्रीङ्गारमा मनु श्रेष्ठको भुमिका रहेको छ । उक्त गीतका गाएक अधिकारीले आफ्नै युट्युब च्यानल ” श्री इन्टरटेनमेन्ट” बाट   गीत सार्बजनिक गरेका छन ।म्युजिक भिडियो धेरैको मनमा बस्ने विश्वास सम्पूर्ण टिमले लिएका छन । ‘ मनकी रानी’ प्रोजेक्टको सम्पुर्ण टिमलाई गीत सफलताको शुभकामना ।

भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार