गृहपृष्ठ “PUBG MOBILE” खेलमा नेपाली युवाले पाए ठुलो सफलता
“PUBG MOBILE” खेलमा नेपाली युवाले पाए ठुलो सफलता
हामी मोवाइल धेरै खेल खेल्ने गर्दछौ तर मोवाइल गेमबाट सफलता पाईन्छ पैसा कमाइन्छ भन्ने कुरा कमैले विश्वास गर्दछन तर उही मोवाइल गेमबाट लाखौ कमाउन सफल भएका छन नेपाली केहि युवा जो PUBG MOBILE गेम खेलेरै आफ्नो आम्दानी गरिरहेका छन यहि क्रममा PUBG MOBILE गेममा नेपालका दुइ स्क्याएडले ठुलो सफलता हात परेका छन । हिजो सम्पन्न उत्तर एसियाली PUBG MOBILE ग्लोबल स्टेजको लागि छनोट प्रतियोगितामा जम्मा २४ स्क्याएडमा १५ नेपाली स्क्याएडले सहभागिता जनाएका थिए । जस् मध्ये १० नेपाली स्क्याएड , ३ पाकिस्तानी स्क्याएड र ३ बंगलादेशी स्क्याएडले पहिलो छनोट चरण पार गर्न सफल भएका थिए ।

हिजो भएको दोस्रो वा फाइनल छनोट गेममा नेपाली २ ओटा स्क्याएड छनोट हुन सफल भएका छन त्यस्तै १ बंगलादेशी स्क्याएड पनि ग्लोबल स्टेजको लागि छनोट हुन सफल भएको छ । छनोट प्रतियोगितामा प्रथम Abrupt slayers (नेपाली स्क्याएड ),दृतिय, DRS Gaming(नेपाली स्क्याएड), तृतीय, A1 Sport (बंगलादेशी स्क्याएड) हुन सफल भएका थिए । बिजेता स्क्याएडले क्रमशः प्रथम,दृतिय,तृतीयले ; चालिस हजार, बीस हजार,चौध हजार अमेरिकी डलर प्राप्त गरेका थिए । यो सफलतासंगै अब नेपाली स्क्याएड पनि ग्लोबल स्टेजमा आफ्नो PUBG MOBILE गेममा संसारका धेरै स्क्याएडसंग प्रतिस्पर्धा गर्नेछन उक्त प्रतियोगितामा विश्व बिजेताको पुल पुरस्कार बीस लाख अमेरिकी डलर रहनेछ । ग्लोबल स्टेजका खेलहरु आगामी नोवेम्बेर २४ बाट सुरु हुनेछन ।





