गृहपृष्ठ संचारकर्मी दिनेश काफ्लेको “पिरतिको नशा” गीत सार्वजनिक ( भिडीयोसहित )
संचारकर्मी दिनेश काफ्लेको “पिरतिको नशा” गीत सार्वजनिक ( भिडीयोसहित )
संचारकर्मी तथा लोक गायक दिनेश काफ्लेको लय ,शब्द सिर्जनामा “पिरतीको नशा ” लोकदोहोरी गीत सार्बजनिक भएको छ । योग्शना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट सार्वजनिक यस गीतमा दिनेश काफ्ले र धनि गाहाको स्वर रहेको छ ।
विभिन्न लोकगीतमा लय शब्द तथा आवाज दिईसकेका काफ्लेले पछिल्लो समयमा पिरतिको नशा ल्याएका हुन् । उनले यस अघि “रुपै हेर्ने ऐना” , “गुन” , “पहिलो माया गुमाए” जस्ता गीतमा आफ्नो लय , शव्द तथा स्वर दिइसकेका छन् पर्वतको विहादि गाउपालिका वडा नं. ६ मा जन्मिएका काफ्ले सानैदेखि लोकसँगितमा रुचि राख्दथे । “पिरतिको नशा” गीतको छायांकन पाल्पाको रानीमहल आसपास र भैरवस्थान मन्दिर आसपासमा गरीएको छ । यस गीतको म्युजिक भिडियोमा गायक (सर्जक) दिनेश काफ्ले , खुसी सुनार रमेश आचार्यले अभिनय गरेका छन् ।
भिडियो :









