२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ पुजारीको हत्या गर्ने भारतीय नागरिक पक्राउ

पुजारीको हत्या गर्ने भारतीय नागरिक पक्राउ

गत कार्तिक ९ गते दिउसोको समयमा नवलपरासी(पश्चिम) मा मृत अवस्थामा फेला परेका ७२ बर्षिय पुजारीलाई हत्या गरि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । सुस्ता गाउपालिका वडा नम्बर-४, पश्चिम टाँडीमा बस्ने मेहँगु केवटको रहस्यमय तरिकाले हत्या गरिएको थियो ।

उक्त घटनाकै अनुसन्धान को क्रममा शुक्रबार करिब १ बजे नवलपरासी प्रतापपुर गाउपालिका वडा नम्बर -६,कठहवामा फरार अभियुक्त पक्राउ  परेका हुन् । भारतको महाराजगन्ज बस्ने २१ बर्षिय धनन्जय मौर्यले आफुले हत्या गरेको मौखिक रुपमा स्विकारे पछि अदालत बाट म्याद थप गरि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय नवलपरासी(बसुप) का प्रहरी निरिक्षक राजिब श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार