२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ नेपाल जेसीज क्षमता अभिवृद्धी समितिको वार्षिक कार्यक्रमको समापन एवं पुरस्कार वितरण सम्पन्न

नेपाल जेसीज क्षमता अभिवृद्धी समितिको वार्षिक कार्यक्रमको समापन एवं पुरस्कार वितरण सम्पन्न

नेपाल जेसीज क्षमता अभिवृद्धी समितिको वार्षिक कार्यक्रमको समापन एवं पुरस्कार वितरण सम्पन्न भएको छ । प्रमुख अतिथि जुनियर च्याम्बर ईन्टरनेशनलका 2020 का सीप विकास चियरपर्सन तथा सन 2021 को लागि जेसिआईका अन्तर्राष्ट्रिय उपाध्यक्ष जेसी मिचेल एम सि ग्रान प्रमुख अतिथि रहनुभएको कार्यक्रमका विशिष्ट अतिथी द्वय पुर्व राष्ट्रिय अध्यक्ष तथा पुर्व जेसीआई उपाध्यक्ष, सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ तथा पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर चादनी जोशी रहनुभएको थियो । अतिथिहरुले सीप विकास समितिको कामको प्रशंसा गर्नुभएको थियोे ।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, निवर्तमान राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर विजय गुरुङ , शोभा खरेल लगायत राष्ट्रिय पदाधिकारीहरुको उपस्थिति रहेको थियोे । सीप विकास समितिले देशभरिका शाखाहरुबाट झण्डै १५० सीप विकासका तालिम संचालन भएको जानकारी गराइएको थियोे । त्यसै गरि व्यावसायिक कृषिमा आवद्ध युवाहरुको पहिचानको लागि समेत कार्यक्रम गरिएको थियोे । “एक शाखा एक सीप विकास तालीम” र “कृषिमा युवा परियोजना” कार्यक्रम समितिका लोकप्रिय कार्यक्रम हुन् । ६४ ओटा भन्दा बढी शाखाहरुबाट एक शाखा एक सीप विकास कार्यक्रम तथा कृषिमा युवा परियोजनामा आवद्ध रहनुभएका ११० युवा एवम् सीप विकास संयोजकहरुलाई ,सहभागी गराउदै समापनमा बर्षभरिको योगदानको लागि धन्यवाद व्यक्त गरिएको थियोे ।

कार्यक्रममा नेपाल जेसिज अन्तर्गतका ४ क्षेत्रका ४ वटा शाखाहरु बेलबारी जेसिज , बुटवल लेडि जेसिज, पोखरा जेसिज र पाटन जेसीजले आफुले सम्पन्न गरेका कार्यक्रमहरुको रिपोर्ट हरु प्रस्तुत गर्नु भएको थियोे । गत अप्रिलमा सीप विकास समितिको आयोजनामा सम्पन्न भएको राष्ट्रव्यापी वक्तृत्वकला २७ सहभागी हरु मध्य प्रथम हुने हेटौंडा जेसीजका छत्तेन्द्र आचार्य , द्वितीय हुने कोहलपुर जेसीजका कृतिका आचार्य , तृतीय हुने काठमाडौ जेसीजका तारा न्यौपाने , सान्त्वना हुने म्याग्दी जेसीजका अर्जुन पौडेल र विरेन्द्रनगर जेसीजका दिल्लु ढुङ्गाना लाई प्रमाण पत्र , पुरस्कार र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम जुम आइडी मार्फत भर्चुअल रुपमा सम्पन्न भएको थियो । सीप विकास समिति राष्ट्रिय समिति संयोजक सिनेटर रुक्मणी सिग्देलको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन सीप विकास समिति क्षेत्र क संयोजक जेसी भिम भट्टराईले गर्नुभएको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार