गृहपृष्ठ सुचनाको नयाँ शैलीमा रुरु
सुचनाको नयाँ शैलीमा रुरु
बजार भरि ठाउँमा जडान गरिएका माइकहरु बज्न थाले पछि रिडीबजार बासीहरु के सुचना आउँछ भनेर चनाखो बनेर सुन्छन । रिडीबजार क्षेत्रमा हुने विशेष मेला , महोत्सव , सभा सम्मेलन , महत्त्वपूर्ण बैठक तथा अन्य विशेष सुचनाहरु यिनै माइकबाट प्रशारण गरेर रिडीबजार बासीलाई सुचित गरिन्छ भने सामाजिक उत्तर दायित्वका जानकारी पनि रिडीबजार बासीलाइ सुनाइन्छ ।
उधोग बाणिज्य सँघ रिडीको व्यवस्थापनमा सँघको कार्यालयमा रहेको स्टुडियो बाट सुचना प्रसारण गरिदै आएको उधोग बाणिज्य सँघ रिडीका अध्यक्ष सुवर्ण लाल कक्षपतिले बताउनु भयो । हामीले रिडी बजारका महत्त्वपूर्ण सुचना हरु लाई बजार बासिले सहज रुपमा प्राप्त गर्न सकुन भनेर नै यो व्यवस्था गरेका हौँ ,सुचना मात्र होइन रिडीबजारमा आउने महत्त्वपूर्ण व्यक्तित्वका अन्तर्वार्ताहरु पनि यिनै माइक बाट बजाउने गरेका छौँ कक्षपतिले बताउनु भयो । रिडी पवित्र धार्मिक ठाउँ सँगै गुल्मी जिल्लाको प्रवेश द्वार भएका कारण पनि धार्मिक ,व्यबसायिक ,शैक्षिक लगाएतका बहुआयामिक व्यक्तितब हरु पनि आइरहने हुँदा उनिहरुका बिचार लाई अन्तरवार्ताको रुपमा रिडीबासीलाइ सुनाउने गरेको कक्षपतिले बताउनु भयो ।
स्टुडियोबाट सुचना प्रशारण र अन्तर्वार्ता लिने काममा २०७२ साल देखि स्वयँ उधोग बाणिज्य सँघ रिडीका अध्यक्ष समेत रहनु भएका सुवर्ण लाल कक्षपति आफै खटिनु भएको छ । गुल्मी समाज युकेले २०७२ सालमा आर्थिक सहयोग गरेपछि यसरी उधोग बाणिज्य सँघले बजार क्षेत्रमा माइक जडान गरि सुचना केन्द्रको स्थापना गरेको हो । पहिले नियमित रुपमा सुचना तथा यश क्षेत्रका समाचार हरुलाइ प्रशारण गरिएपनि पछिल्लो चरणमा जनशक्तिकाे अभाव र अन्य कारणले पनि नियमित रुपमा स्टुडियो बाट सुचना र समाचार प्रशारण नभएको र निकट भविष्यमा स्थानिय पत्रकार हरुकाे समन्वय मा याे सुचना केन्द्र लाई व्यवस्थित गरि नियमित कार्यक्रम तथा सुचना समाचार सम्प्रेषणकाे तयारी गरिन लागेको छ ।





