गृहपृष्ठ कालीगण्डकी करिडोरको सडक पिचको काम सुरुवात
कालीगण्डकी करिडोरको सडक पिचको काम सुरुवात
बहुचर्चित कालीगण्डकी करिडोर आज देखि पिचको कार्य सुभारम्भ भएको छ । आजको मिति बाट २४ महिनामा कार्य सक्ने ठेकेदार कम्पनी सगुन कन्ट्रक्सनका ब्यबस्थापक रोशन भन्डारीले जागकारी दिनु भएको छ, माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको विशेष पहलमा खोलिएको यो करिडोर खुलेको केही समयमै २१ कि मि सडक पिच हुन लागेको हो ।
विशेष स्रोत को जानकारी अनुसार,२१ कि.मि पिच सकिनासाथ पुन थप टेण्डर आव्हान हुने जनाइएको छ । मन्त्री ज्ञवालीले यस सडकलाई विशेष चासो र ध्यान दिनु भएको र आफुलाइ यस सडक र प्रदेश गौरब को आयोजना को बिषयलाई लिएर पटक पटक फोन गर्ने गरेको नेता हिमाल श्रेष्ठ ले जनाउनु भएको छ । यस सडक ले पार गुल्मी मुहार फेर्ने छ ,भने करिडोर मुक्तिनाथ हुँदै चीन सङ्ग जोडिने छ । मन्त्री ज्ञवालीका अनुसार यो सडक गुल्मीको मात्र नभै नेपाल कै लाइभलाइनको रुपमा रहेको जनाउनु भएको छ । सडकको औपचारिक रुपमा रुरु १ का वडा अध्यक्ष रामलाल बि.क को प्रमुख आतिथ्यता मा बिधिपुर्वक पुजा आजा गरि सुरु गरिएको छ ।






