२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ अन्तरास्ट्रिय बाल दिवसको अवसरमा पश्चिम् नवलपरासीमा बलात्कार विरुद्ध सडक प्रदर्शन

अन्तरास्ट्रिय बाल दिवसको अवसरमा पश्चिम् नवलपरासीमा बलात्कार विरुद्ध सडक प्रदर्शन

पश्चिम नवलपरासीमा अन्तरास्ट्रिय बाल दिवसको अवसरमा बलत्कारविरुद्ध सडक प्रदर्शन गरिएको छ। बिपदमा बाल अधिकारकाे सुनिश्चितता हामी सबैकाे प्रतिबद्धता मुल नाराकाे साथ युवा सचेतना संस्था नवलपरासीकाे आयाेजना तथा भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था ,परिवर्तन समाजिक विकास संस्था,याेगदान राष्ट्रिकाे लागिकाे समन्वयमा सडक प्रदर्शन गरिएको हाे ।

संस्था अध्यक्ष ईमामुल अलिकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालकाे प्रमुख आतिथ्यतामा बलत्कार विरुद्ध सडक प्रदर्शन कार्यक्रममा रामग्राम नगरपालिका उपमेयर रम्भा कुवर,वडा नम्बर २ का अध्यक्ष चन्द्रिका अग्रहरि ,नगर कार्यपालिका सदस्य सुनिता क्षेष्ठ,भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था अध्यक्ष उमेश बि.क,परिवर्तन समाजिक विकास संस्था अध्यक्ष रन्जित शर्मा लगाएतले बढ्दो महिला हिंसा र बलात्कारको घटनाको न्यूनीकरणका लागि सरकारले कडा भन्दा कडा कदम चाल्नु पर्ने , संविधान संशोधन गरी बलात्कारीलाई आजिवन कारावासको सजाय नेपाल कानुनमा राख्नु पर्ने माग सहित बालअधिकार सुनिश्चत गर्न कूनन बनाएर मात्रै नहुनेमा जोड दिएका थिए ।

कानूनको पालना र व्यवहारिक कार्यान्वयन आजको आवश्यकता रहेको उनीहरुको भनाइ रहेको थियोे । व्यवहार र सोचमा परिवर्तन नआएसम्म बालबालिकाको अधिकार सुनिश्चित गर्न कठिन हुने उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लूगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलवाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देउ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियाे । देशमा दिनप्रति दिन बढ्दै गईरहेका बलात्कारका घटना न्युनिकरण गर्न र पिडकलाई कडा सजायका साथ कार्वाही गर्न सरकार गम्भिर नदेखिएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार