२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ टोलविकास समितिका पदाधिकारीहरुलाई उद्धघोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम

टोलविकास समितिका पदाधिकारीहरुलाई उद्धघोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम

टोलविकास समितिका पदाधिकारीहरुलाई उद्धघोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम दिन सुरु गरिएको छ । सैनामैना वडा न.४का १५ वटा टोलविकासका ३५ जना पदाधिकारीहरुलाई सो तालिम दिन आज देखि सुरु गरिएको हो ।सैनामैना वडा न.४का आर्थिक सहयोग तथा जलेश्वर पब्लिक मिडिया प्रा.लिको आयोजनामा सो कार्यक्रम भएको हो ।

सैनामैनाको मुर्गिया स्थित पर्रोहा सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा भएको उद्घाटन कार्यक्रम,कार्यक्रम संयोजक सुरेश परियारको अध्यक्षता तथा वडा न.४का वडा अध्यक्ष धन बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न.४का वडा अध्यक्ष धन बहादुर कार्की तालिमबाट उपलब्धीमुलक सिकाई हुने अपेक्षा राख्नुभएको छ । सिकेका कुरालाई ब्यवहारमा उर्तान आग्रह गर्दै आगामी दिनमा समेत नेतृत्व विकास सम्बन्धी तालिम वडाले सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य धनकुमारी रानाको स्वागत तथा वडा सचिब हेमराज चौधरीको सञ्चालनमा सम्पन्न भएको हो ।तालिम ७ दिन सम्म चल्ने छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार