२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ बाजुरामा एक विद्यालयका प्रअ र बि.ब्य.स अध्यक्ष पक्राउ

बाजुरामा एक विद्यालयका प्रअ र बि.ब्य.स अध्यक्ष पक्राउ

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नं. ३ स्थित कालिका आधारभुत विद्यालयका प्रअ मानसिहं बिष्ट र विद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा नेकपा बुढिनन्दा नगरकमीटी अध्यक्ष जंगबिर रोकाया पक्राउ परेका छन् ।

बुढिनन्दा नगरपालिका वडा नं. ३ को कालिका आधारभुत विद्यालयमा पढाउने एक शिक्षिकाले बिगत ३ बर्ष देखी तलव नपाएको गुनासो र सरकारी कागजात नष्ट गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले दुबै जनालार्इ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन् । एक शिक्षीकाको तलव नदिनुका साथै बिद्यालयमा रहेका सरकारी कागजातहरु नष्ट गरेको आरोपमा उनलाइ पक्राउ गरेको प्रहरी प्रमुख महराले बताएका छन् ।

कालिका आधारभुत विद्यालयकी शिक्षिका सिता तिमिल्सेनाले बिगत ३ बर्षदेखी तलव नपाएको भन्दै बिभिन्न निकायमा गुहार समेत मागेकी थिइन् शिक्षिका तिमिल्सेना लागयत ५ जना शिक्षकहरुले २०७५ देखी हाल सम्म तलव नपाएको र सुचना माग्दा अध्यक्ष र प्रअ दुबै जनाले आलटाल गरी अध्यक्ष रोकायाले उल्टै नेकपाको नगर कमिटि अध्यक्ष हुँ भन्दै थर्काउने धम्काउने काम गर्दै आएको पिडीत शिक्षिकाले बताएकी छन् ।

शिक्षिका तिमिल्सीनाले बिभिन्न तालुक निकायमा आफुले तलव नपाएको भनी निबेदन दिएको र उनले के कती कारणले तलव नपाएको र बिद्यालयले नदिएको भन्ने बिषयमा दुबै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको प्रहरी प्रमुख महाराले जानकारी दिएका छन् । अध्यक्ष रोकाया नेकपा बुढिनन्दा नगर कमिटिका अध्यक्ष समेत रहेको बताउदै बिभिन्न धम्की दिदै आएको पिडीत शिक्षिका र शिक्षकहरुको दुखेसो समेत रहेको छ ।

यो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार