२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ नेपालमा आज थपिए १०९६ जना काेराेना संक्रमित, १७ सय भन्दा धेरै डिस्चार्ज

नेपालमा आज थपिए १०९६ जना काेराेना संक्रमित, १७ सय भन्दा धेरै डिस्चार्ज

नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४० हजार नाै सय ८१ पुगेकाे छ । आइतबार थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

६ हजार चार सय ९५ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार सात सय ५२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २५ हजार आठ सय पाँच पुगेको छ ।

अब नेपालमा १३ हजार पाँच सय ८२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १७ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय ९४ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार