२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज भारतलाई

अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज भारतलाई

भारतले घरेलु टिम अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

सिड्नीमा आइतबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको सिरिज आफ्नो बनाएको हो ।

अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि शिखर धवनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै हार्दिक पाण्डयले अविजित रहदै ४२ रन जोड्दा श्रेयस एयर १२ रनमा अविजित रहे ।

हारतर्फ अग्रसर रहेको समय पाण्डयले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै भारतलाई जित दिलाए ।

कप्तान विराट कोहलीले ४० तथा केएल राहुलले ३० रन बनाए ।

अष्ट्रेलियाका डानिल साम्स, एन्ड्रयु टे,मिचेल स्विपसन र एडम जाम्पाले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए ।

ग्लेन म्याक्सवेलले २२ रन जोड्दा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए ।

भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

जितसँगै अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ ।

पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६६ रनले हराएको थियो ।

दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ ।

यस अघि भएको एकदिवसीय सिरिज भने अष्ट्रेलियाले २-१ ले जितेको थियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार