गृहपृष्ठ जिल्ला प्रहरी कार्यालयको सकृयतामा विजयनगर गाउँपालिकामा पर्ने गेडुवाजोतबाट १ लाख ६ हजार ६ सय ७७ मूल्य बराबरको काठ बरामद
जिल्ला प्रहरी कार्यालयको सकृयतामा विजयनगर गाउँपालिकामा पर्ने गेडुवाजोतबाट १ लाख ६ हजार ६ सय ७७ मूल्य बराबरको काठ बरामद
जिल्ला प्रहरी कार्यालयको सकृयतामा जिल्लाकै विजयनगर गाउँपालिकामा पर्ने गेडुवाजोतबाट रु १ लाख ६ हजार ६ सय ७७ मूल्य पर्न आउने काठ बरामद भएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरमा कार्यरत प्रहरी निरीक्षकको कमाण्डमा खटिई गएको प्रहरी टोलीले काठको धुलो ( भुस) र परालभित्र लुकाईराखेको अवस्थामा सिसौको काठ फेला पारेको हो ।
काठ लुकाई राखिएको भन्ने सूचनाका आधारमा प्रहरी चौकि ठाकुरापुर बाट प्रहरी सहायक निरीक्षक पराग यादवलाई पठाई सो स्थानको बारेमा सत्यतथ्य बुझ्न लगाँउदा सो स्थानमा काठका १२ गोलिया लुकाई राखिएको भन्ने निश्चित भएपछि सो स्थानबाट १२ गोलिया काठ नियन्त्रणमा लिई सव डिभिजन वन कार्यालय ठाकुरापुरमा पठाईएको हो। जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकरीले जिल्लाको कुनै पनि स्थानमा भन्सार छली गरि कुनै पनि किसीमको सामान भएमा तत्काल भन्सार चलान गर्ने रणनीति बमोजिम उक्त काठ पनी प्रहरीको सकृयताका कारण नै फेला परेको बताउनुभयो।
राधेश्याम यादवको धानको खेतमा काठको धुलो र परालभित्र काठ लुकाई राखिएको अवस्थामा प्रहरी टोलिले फेला पारेको हो। प्रहरी उपरीक्षक जिल्लामा हाजिर भएपछि विगतका आर्थिक वर्षको तुलनामा ६ महिनामै ५ गुणा रु ३ करोड भन्दा बढी राजस्व वृद्धि हुनुमा यी र यस्तै हरेक प्रहरी कर्मचारीको सकृयता नै मुख्य कारण रहेको एस पी बताउनुहुन्छ। यो नतिजाको हकदार आफूसँगै जिल्लाको प्रत्येक प्रहरी कर्मचारी रहेको समेत उहाँले जानाकारी दिनुभयो।
३९.५१ क्युफिट काठ बरामदमा सशस्त्र प्रहरी बल नेपालको वि ओ पि डालपुरबाट सशस्त्र प्रहरी निरिक्षकको टोली समेत खटिगएको थियो। बिजयनगर गाउँपालिका वडा नं ७ गेजुवाजोत स्थित धानखेतमा पाईएको काठ आवश्यक अनुसन्धान र मुद्दा कारवाहिका लागि सम्बन्धित वन कार्यालयमा पठाईएको छ।





