२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ मलमलादेविका अतिविपन्न २५ जना विधार्थीलाई न्यानो कपडा सहयोग

मलमलादेविका अतिविपन्न २५ जना विधार्थीलाई न्यानो कपडा सहयोग

रुपन्देहीको सैनामैनामा रहेको मलमला माध्यामिक विद्यालयका विधार्थीहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा सहयोग गरिएको छ । कक्षा १ देखि ५ सम्मका प्रत्येक कक्षाका ५ जनाका दरले २५ जना आर्थिक कमजोर अतिविपन्न विधार्थीहरुलाई समाजेसवि धनराज प्रसाद चौधरीले न्यानो कपडा सहयोग गर्नुभएको हो । चौधरीले जाडो समयको बेला लगाउने ३० हजार मुल्य बराबरको टोपी,एक सेट ट्रयाक लगायतका कपडा वितरण गर्नुभएको हो । न्यानो कपडा पाएसंगै विधार्थी हौसिएका थिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति जिवनाथ पाण्डेको अध्यक्षता,सैनामैना वडा न.५का वडा अध्यक्ष पर्शुराम सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक प्रतिनिधी केशवराज घिमिरेको रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार