२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ सरकारी मोटरसाईकल चोरी

सरकारी मोटरसाईकल चोरी

पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट सरकारी मोटरसाईकल चोरी भएको छ । जिल्लाको पाल्हीनन्दन गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोधन हरिजन चढ्दै आएको लु १ प १९०८ नम्बरको सरकारी मोटरसाईकल चोरी भएको हो ।

मंगलबार दिउँसो परासीको कृषि ज्ञानकेन्द्र अगाडि पार्किङ्ग गरेको मोटरसाईकल चोरी भएको वडा अध्यक्ष हरिजनले बताउनुभयो । विद्युत प्राधिकरण परासीमा कामका लागि आउनुभएका हरिजन ज्ञानकेन्द्र अगाडी मोटरसाईकल पार्किङ् गरी गएको र काम सकेर फर्कदा मोटरसाईकल नभेटिएको उहाँको भनाई छ । मोटरर्साइकल खोजीका लागी प्रहरीमा जानकारी दिईसकेको गाउँपालिका अध्यक्ष गुप्ता ‘दिपक’ले जानकारी दिनुभयो छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार