२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ हरेकको आँखामा बस्न सफल रुपन्देहीको तिलोत्तमा नगरपालिका

हरेकको आँखामा बस्न सफल रुपन्देहीको तिलोत्तमा नगरपालिका

नेपालमै आफ्नो नाम चम्काउन सफल सुगम नगरपालिकाको रुपमा परिचित रुपन्देहीको तिलोत्तमा नगरपालिका अहिले विभिन्न निकायको आखामा पर्न सफल भएको छ। आफुलाई ज्येष्ठ नागरिक , महिला अपाङ्ग बालमैत्री बाताबरणमा सफल कार्यक्रम संचालन गर्दै आएको नगरपालिका अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको छनौटमा परेको छ।  बिभागले तिलोत्तमा नगरपालिकालाई छनौट गरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि लैङ्गिक सहिष्णुता तथा लैङ्गिक हिंसा निवारण सम्बन्धी दुई अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

स्थानिय निकाय तथा कुनैपनि निजि तथा सरकारी , सामाजिक संघ सस्था देखि व्यक्तिगत संघ सस्था र घर परिवार समेत लैंगिक हिंसाबाट मुक्त हुन जरुरि भएको बताउदै सो कार्यक्रममा बोल्ने बक्ता हरुले लैंगिक हिँसा प्रति चुप लागेर बस्ने दिन गएको र कसैले पनि हिँसा गर्न र साहना नहुने भनाइ छ। खासगरी नगरपालिकाका जनप्रतिनिधि, बिषयगत कर्मचारी, विभिन्न संघ सस्थाका प्रतिनिधिलाइ दिइएको सो अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी देवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल, विभिन्न वडाका वार्ड अध्यक्ष हरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार