२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ समाजसेवी गुड्डु गुप्ताद्वारा बिधालयमा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाजसेवी गुड्डु गुप्ताद्वारा बिधालयमा स्वास्थ्य सामाग्री हस्तान्तरण

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नं. ०३ बस्ने मोहित सर्जिकल सप्लायर्सका सन्चालक तथा युवा तथा सामाजिक अभियन्ता गुड्डु गुप्ताले पालिकाका मा.वि. बिधालयहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण अभियान सुरु गरेका छन ।

 

हिजो पाल्हिनन्दन गाउपालिकाका हरपुर मा.वि. हरपुर र बाल शिक्षा निकेतन मा.वि. सुनरीमा २४ पिस सेनेटाइजर र १५० पिस मास्क लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । कोरोनाको महामारी बीच पनि भौतिक रुपमा विधालय संचालन गर्नु पर्ने बाध्यता रहेकोले शिक्षक तथा विद्यार्थीहरुले सावधानी अपनाइ शैक्षिक क्रियाकलापलाई अगाडि बढाउन यो अभियान चालिएको र पालिकाका सबै मा.वि. विधालयमा हस्तान्तरण गरिने गुड्डु गुप्ताले जानकारी दिएका छन् । हस्तान्तरण कार्यक्रम शिक्षक दिनेश गुप्ता , दुवै विधालयका प्रधानाध्यापक , सहयोगी शिक्षकको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार