गृहपृष्ठ पश्चिम नवलपरासीकाे रामग्राममा बालमैत्री स्थानीय शासन सम्बन्धि वडा स्तरीय र्याली कार्यक्रम सम्पन्न
पश्चिम नवलपरासीकाे रामग्राममा बालमैत्री स्थानीय शासन सम्बन्धि वडा स्तरीय र्याली कार्यक्रम सम्पन्न
आज पश्चिम नवलपरासी काे बाल मैत्री स्थानीय शासन सम्बन्धि वडा स्तरीय -याली कार्यक्रम रामग्राम नगरपालिका वार्ड नं ८ काे वर्डा कार्यालयमा सम्पन्न भएकाे छ । वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिकाकाे सहयाेगमा कार्यक्रम गरिएको हाे ।
सञ्जाल का अध्यक्ष मुकेश कहाँर काे अध्यक्षता तथा वडा अध्यक्ष महेन्द्र ठाकुरकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा रामग्राम नगरपालिकाकाे बाल मैत्री फाेकल पर्सन नगेन्द्र यादव , वर्डा नम्बर ८ का वडा सदस्य राजेन्द्रकुमार यादव , टाेल विकास संस्थाका अध्यक्ष रामजी सहानी , पत्रकार ग्यानेश्वर सहानी , सुरेश यादव एवम् स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन समाजिक परिचालीका पन्मी कुमारी गुप्ताले गर्नु भएकाे थियाे ।






