गृहपृष्ठ माघे संक्रान्तिको मेलाको अवसर पारी रिडिमा भलिवल तथा ब्याडमिन्टन प्रतियोगिता हुने
माघे संक्रान्तिको मेलाको अवसर पारी रिडिमा भलिवल तथा ब्याडमिन्टन प्रतियोगिता हुने
माघे संक्रान्तिको अवसर पारी गुल्मी पाल्पा र स्याडंजाको संगमस्थल रिडिमा भलिवल ब्याडमिन्टन तथा भेट्रान्सको प्रतियोगिता हुने भएको छ। पोहोर परार बर्ष माघे संक्रान्ती माघी मेला तथा सांस्कृतिक कार्यक्रम हुने गरेको थियो भने यो बर्ष कोरोना संक्रमणका जोखिमका कारण स्थगन भएको थियो ।
त्यस्तै रुरु १ रिडिमा कालीगण्डकी नदीमा स्नान गर्नेको लर्को हुने गर्थ्यो ।साथै माघी मेलाको अवसर पारेर रुरु फ्रेन्डस क्लवद्वारा आयोजित वडा स्तरिय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। “राष्ट्र को लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ भव्य भलिवल प्रतियोगिता जम्ने भएको क्लवका कार्यकारी अध्यक्ष शोभित थापाले जानकारी दिनुभयो।
भलिवल प्रतियोगिताको ३००० ब्याडमिन्टनको २५०० र भेट्रान्सको १००० दर्ता शुल्क सहित भलिवलबाट प्रथम बिजेता हुनेले पैतिस हजार दृतिय बिजेता हुनेले पच्चिस हजार र तृतिय बिजेता हुनेले पन्ध्र हजार (ट्रफी मेडल र प्रमाणपत्र सहित) भने ब्याडमिन्टन बाट प्रथम हुनेले पैतिस हजार पाचसय पचपन्न दृतिय हुनेले बाईस हजार पाचसय पचपन्न र तृतिय हुनेले बार्ह हजार पाचसय पचपन्न नगद पुरस्कार र भेट्रान्स बाट प्रथम हुनेले पन्ध्र हजार दृतिय हुनेले दश हजार तृतीय हुनेले पाच हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा गुल्मी पाल्पा स्याङ्जा लगायत अन्य जिल्ला बाट पनि सहभागी हुनेछन ।






