२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ भूमिहीनहरुलाई जग्गा प्राप्तिको लागि ३५ दिनभित्र निवेदन बुझाउन आग्रह

भूमिहीनहरुलाई जग्गा प्राप्तिको लागि ३५ दिनभित्र निवेदन बुझाउन आग्रह

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो ।फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ ।आयोगले निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु तोकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार