२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ झापाको कचनकवल–१ घेराबारीमा आगोले जलेर एक वृद्ध पुरुषको मृत्यु

झापाको कचनकवल–१ घेराबारीमा आगोले जलेर एक वृद्ध पुरुषको मृत्यु

 

झापाको कचनकवल–१ घेराबारीमा आगोले जलेर एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

आगलागीमा परेर ६० वर्षीय गोवर्द्धन राजवंशीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । उनकाअनुसार सोमबार बिहान १ बजेतिर राजवंशीको घरमा आगो लागेको थियो । काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घरमा रातको समयमा आगो लागेपछि निस्किएर भाग्न नसक्दा जलेर राजवंशीको ज्यान गएको हो ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा राति २ बजेतिर आगो नियन्त्रणमा लिइएको भए पनि मानवीय क्षति हुनबाट जोगिएन । प्रहरीले आगो नियन्त्रणमा लिएर घरमा सुतिरहेका घरधनी राजवंशीलाई बचाउने प्रयास गरे पनि सम्भव नभएको जनाएको छ । आगोले उनले पालेका एउटा गाई, दुईटा बाछा र तीनवटा बाख्रासमेत जलेर मरेको डीएसपी थापाले बताए । प्रहरीले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार