२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न

बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न

बालमैत्री  स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ ।

 

रामग्राम नगरपालिका वडा नं. ०९ को वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका काे सहयाेगमा बाल मैत्री स्थानीय शाशन सम्बन्धित र्याली कार्यक्रम गरिएको छ। रामग्राम नगरपालिका वडा नं. ०९ करमैनी , ललितपुर, जोकवार , पिपरहिया, मधवलिया को टोल टोल बाट निकालेको र्याली वडा कार्यालय मा समापन गरिएको थियो । वडा बाल सञ्जाल का अध्यक्ष विजय लक्ष्मी हरिजन काे अध्यक्षता तथा रामग्राम नगरपालिका वार्ड नं. ०९ को वडा अध्यक्ष सुनिल कुमार पाठक काे प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिका का बाल मैत्री फोकलपर्सन नगेन्द्र यादव , वार्ड नं ०९ को वडा सदस्य उमेश यादव , वार्ड नं. ०९ को वडा सदस्य विपत यादव ,वार्ड नं. ०९ को वडा सदस्य शुशिला सिह , ज्ञानमति हरिजन, टोल बिकाश सस्था का अध्यक्ष गगा देवी चाैधरी  सुआहाराका तिथराज ढुंगाना , समाज सेवी जय प्रकश सिह तथा पत्रकार ज्ञानेश्वर सहानी लगायतको व्यक्ति आथित्यता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य वडा बाल सञ्जाल का कोषाध्यक्ष अन्जली क्षेत्री ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक समाजिक परिचालीका पम्मी गुप्ता गरेका थिए ।

यो भिडियो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार