२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पत्रकार टोली विजयी

पत्रकार टोली विजयी

देवदहमा बुधबार भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा रुपन्देहीका क्रियाशिल पत्रकार विजयी भएका छन । पानबारी स्थित खेलमैदानमा भएको निक्कै कडा प्रतिस्पर्धात्मक खेलमा देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई ट्राईबेकरमा ४-२ गोलले पराजित गर्दै उपाधि चुमेका हुन ।

डि युनिटि युथ क्लब देवदहको आयोजनामा जारी दोस्रो देवदह कप प्रतियोगिता अन्तरगत बुधबार देवदह जनप्रतिनिधि, कर्मचारी र पत्रकार बिचमा आज फुटबल खेलमार्फत भावनात्मक सम्बन्ध बिस्तारको उदेश्यका साथ खेल भएको थियो । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुने आयोजकले जानकारी दिएका छन ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार