२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ भैरबनाथ दर्शन गरि हेर्नुहोस फागुन ९ गतेदेखि १५ गतेसम्मको तपाइको साप्ताहिक भाग्य

भैरबनाथ दर्शन गरि हेर्नुहोस फागुन ९ गतेदेखि १५ गतेसम्मको तपाइको साप्ताहिक भाग्य

मेष : रोकिएको धन प्राप्त हुनेछ । मनमा सन्तोष छाउने छ। विद्यामा प्रगति होला मान प्रतिष्ठा बढ्ने छ । मान्यजनको आशिर्वाद मिल्ने छ । कला र साहित्य तर्फ रूचि बढ्ने छ ।

वृष : नयाँ ठाउँको भ्रमण हुनेछ । आफन्त सङ्ग भेटघाट होला । दाम्पत्य जीवन सुखद रहछ तर स्वास्थ्य समस्यामा भने सजग रहनु होला । परोपकारिक कार्यमा रूचि बढ्ने छ ।

मिथुन : आलस्य बढ्न सक्छ । कार्यमा केहि बिलम्भ हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । बुधबार पछि निकै राम्रो समय छ । आत्म सन्तुष्टि बढ्ने छ ।

कर्कट : घरमा शुभ कार्य हुनेछ । आर्थिक दृष्टिकोणबाट यो साता फाइदामा जाने छ । नयाँ ज्ञान हासिल गर्ने योग छ । आफन्त सङ्ग भेटघाट हुनेछ । मन प्रसन्न रहने छ ।

सिंह: नयाँ कार्यको शुभारम्भ हुनेछ । भूमि र ब्यापारबाट फाइदा हुनेछ । नयाँ बिषयबस्तुको जानकारी होला । कार्यमा बिलम्भ हुनेछ । आपसी मनमुटाव बढ्ने छ ।

कन्या : समय राम्रो छ् । वैदेशिक यात्राको सम्भावना छ । पतिपत्नीको सम्बन्धमा समधुरता बढ्ने छ । प्रेम सफल हुनेछ । बोलिको प्रभाव बढ्ने छ ।

तुला: सभा सम्मेलनमा सहभागी भइने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । परोपकारिक कार्यमा रुची बढ्ने छ । रोकिएको कार्य सम्पादन हुनेछ । मन खुसी रहने छ । वाक्चतुर्याइ बढ्ने छ ।

वृश्चिक : हिम्मत र पराक्रम बढ्ने छ । दिदिबहिनी दाजुभाइको सम्बन्ध मजबुत हुनेछ । पारिवारिक भेटघाट होला । यात्रा सफल रहला । मनमा शान्ति छाउने छ ।

धनु: सन्तान सुख बढ्ने छ । शैक्षिक क्षेत्रमा निकै राम्रो प्रगति हुनेछ । धार्मिक आस्था बढ्ने छ । खर्च बढ्ने छ । काम गर्ने जोश जागर बढ्ने छ । यात्रा सहयात्रा सफल हुनेछ ।

मकर: सामान्य समय छ । खर्च बढ्न सक्छ । यद्यपि १३ गतेदेखि बाट राम्रो समय आउने छ । मन प्रसन्न रहनेछ । मिष्ठान्न भोजन मिल्ने छ ।

कुम्भ: लगानी अनुसारको परिणाम मिल्ने छ । मनमा सन्तोष छाउने छ । विद्यामा प्रगति हुनेछ । मान प्रतिष्ठा बढ्ने छ । यात्रा सफल रहने छ । नयाँ मित्र बन्ने छन् ।

मीन : यात्रा सहयात्रा राम्रो हुने छ । धार्मिक कार्यमा रुची बढ्ने छ । मान सम्मान बढ्ने छ । रोकिएको धन मिल्नेछ ।आट, उत्साह बढ्ने छ । धन, मान र कृति बढ्ने छ ।

प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. १ नयाँमिलचोक रूपन्देही सम्पर्क न : ९८५७०३५४६१

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार