२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ अब अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आइपिओ) को नतिजा प्रकाशन गर्न नपाउने

अब अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आइपिओ) को नतिजा प्रकाशन गर्न नपाउने

अब अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आइपिओ) को नतिजा प्रकाशन गर्न नपाउने भएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्तो व्यवस्था गरेको हो । यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेका थिए ।

अब भने सम्बन्धित कम्पनी, आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
यो व्यवस्था भोलि बाँडफाँड हुन लागेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाट नै लागू हुने भएको पनि न्यौपानेले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार