२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ हकप्रद निष्कासन गर्दै शिखर इन्स्योरेन्स

हकप्रद निष्कासन गर्दै शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पन्ध्रौँ तथा सोर्हौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको फागुन १४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा चैत्र ९ गते, सोमबार कम्पनीको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
कम्पनीले सभाबाट हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कामय हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।
यसका साथै, सभामा कम्पनीको पुस २० गते, सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७।७६९ प्रतिशत बोनस शेयर र १।४६२ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरी कुल २९।२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३६।१ प्रतिशत बोनस र १।९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर, यस आर्थिक वर्षमा इन्स्योरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातको चुक्ता पूँजीका आधारमा लाभांश २९।२३१ प्रतिशत हुन आएको हो।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीद्वारा प्रकाशन गरिएको सूचना यस प्रकारको छ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार