गृहपृष्ठ कस्तो होला नयाँ बाँडफाँड नयाँ प्रणाली ? ” अब १० कित्ते बाँडफाँड प्रणाली हट्ने
कस्तो होला नयाँ बाँडफाँड नयाँ प्रणाली ? ” अब १० कित्ते बाँडफाँड प्रणाली हट्ने
आईपिओ बाँडफाँडमा लागु हुदै आएको १० कित्ता नीति परिवर्तन हुन सक्ने देखिएको छ । सेयर सम्बन्धि नियामक संस्था नेपाल धितोपत्र बोर्डले यो पद्धतीले बजारमा धेरै लगानीकर्ताको सहभागी भएपनि विकृति बढेको भन्दै त्यसलाई परिमार्जन गर्नको लागि अन्य विकल्पमा छलफल थालेको हो ।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यो नीति हटाउने बेला आएको महशुस भएकोले विभिन्न विकल्पमा छलफल भईरहेको बताए । आवेदा दिने सबैले सेयर नपाउने भएपछि १० कित्ते नीतिको खासै अर्थ नरहने उनको भनाई ढुंगानाको तर्क छ।
त्यसैगरी १० कित्ते नीति हुँदा एक व्यक्तिले नै धेरै जना व्यक्तिको नाममा खाता खोलेर शेयर भर्ने गरेको आइपिओमा विकृति बढेको निष्कर्ष बोर्डको छ ।
एकदमै मेहनतका साथ आवेदन दिँदा १० कित्ता मात्र शेयर पर्दा सेयर परेको अनुभूति नै नहुने, शेयर नपर्दा आफुले खर्चेको समय खेर जाने, परेको शेयर बेच्न पनि लामो प्रक्रिया अपनाउनु पर्ने, बिक्रि गर्दा समेत धेरै मुनाफा प्राप्त नहुने र एकै ब्यत्तिले धेरै जनाको खाता चलाउने जस्ता विकृति देखिएकाले बोर्डले यस नीतिलाई परिमार्जन गर्न खोजेको बताईएको छ ।
नेपालमा १० कित्ते निती लागु हुनु अघि न्युनतम ५० कित्ताका दरले सेयर बितरण गर्ने प्रणाली थियो अब पनि बोर्डले पुरानै प्रणाली अनुसार आइपिओ बाँडफाँड गर्नेगरि छलफल गरिरहेको हो । बोर्डका अनुसार परिमार्जन गर्ने निर्णय गर्नु अघि अझै केहि कम्पनीको आईपिओ बिक्रि र बाँडफाँडलाई अध्ययन गरिने छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको र त्यसमा न्युनतम ५० कित्ता आवेदन दिनु पर्ने ब्यबस्था गरिएकोले त्यस समयसम्म अध्ययन गर्ने उनको भनाई रहेको छ ।
अहिले नेपालमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सेयर बाँडफाँड हुदै आएको छ । निर्देशिकाको दफा ३० मा धितोपत्र बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई दश कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ । सबैलाई न्युनतम १० कित्ता बाँडफाँड गरे पश्चात बाँकी रहेको निष्काशित धितोपत्र बीस वा सो भन्दा बढी कित्ता आवेदन गर्ने आवेदकहरूलाई पुनः दश कित्ताका दरले धितोपत्रको बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ ।
त्यसपछि पनि शेयर बाँकि रहेमा सोही प्रक्रिया अपनाई बाँकि शेयर बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ।
तर धितोपत्र बाँडफाँड गर्दा न्युनतम १० कित्ताका दरले नै सबै आवेदकलाई भाग पर्ने अवस्था नभएमा भने गोलाप्रथाद्धारा आवेदक छनौट गरी धितोपत्र बाँडफाँड गर्नुपर्ने छ भनि र्निदेशिकामा उल्लेख गरिएको छ । @अर्थसंसार





