गृहपृष्ठ घर बन्यो कस्तो कलर लगाउने तनाबमा हुनुहुन्छ तनाब नलिनुहोस यसो गर्नुहोस….
घर बन्यो कस्तो कलर लगाउने तनाबमा हुनुहुन्छ तनाब नलिनुहोस यसो गर्नुहोस….
घर कसरी चिटिक्क बनाउने रु राम्रो घर बनाउँछु भन्ने व्यक्तिले पहिलोपटक सोच्ने प्रश्न हो यो ।
प्राय हामी सबैजनालाई आफू बस्ने घर चिटिक्क भएको मनपर्छ । घर चिटिक्क देखाउन घरमा लगाइने रङले पनि ठूलो भूमीका निर्वाह गर्दछ । त्यसैले आज हामी यहाँ घरमा रङ लगाउँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी दिनेछौँ ।
रङले घरलाई आकर्षक बनाउने गर्दछ । पछिल्लो समय घरमा रङ लगाउँदा मानिसहरू सजग हुन थालेका छन् । कीनकी रङले मनोविज्ञानलाई प्रत्यक्ष प्रभाव पार्दछ ।
घरमा रङ लगाउँदा ध्यान दिनुपर्ने कुराहरू यस प्रकारका छन् :
१. बाहिरी रङ
कुनैपनी घरको बाहिरी रङले उक्त घरको सुन्दरताको व्याख्या गर्छ । त्यसैले, घरको रङ अरुको भन्दा फरक सबैलाई आकर्षित गर्ने खालको हुनपर्दछ । साधारणतया घरको बाहिरी रङ मन्द खालको हुनुपर्छ । धेरै चम्किलो रङ खासै आकर्षित मानिँदैन ।
२. ध्यान दिनुपर्ने
विज्ञहरूको सुझाव अनुसार रङ लगाउँदा अपनाउनुपर्ने सावधानी यस प्रकारका छन् :
– सिल्कलगायतका उच्च गुणस्तरीय रङ छनोट गर्ने ।
– निर्माणाधीन अवस्थामै रहँदा रङ नलगाउने ।
– रङ लगाउनु भन्दा अगाडी आफ्नो क्षेत्र तयार छ कि छैन हेर्ने ।
– रङ लगाइसकेपछि पर्याप्त मात्रामा सुक्न समय दिने ।
– बजारमा उपलब्ध रङ स्वास्थ्यका लागि हानिकारक छ कि छैन ध्यान पुर्याउने ।
– बिग्रिएका, मक्किएका भित्ता मर्मत गरेर मात्र रङ लगाउने ।
– घरमा चाँडै नखुइलिने, पानी र घामले नबिग्रिने रङ लगाउने ।
– रङको प्राविधिक पक्ष बुझेर मात्र छनोट गर्ने ।
– रङ लगाउँदा उज्यालो र अँध्यारो रङको मिश्रण गर्ने ।
– घरको सुन्दरता कायम राख्न तीन वर्षको फरकमै रङरोगन गर्ने ।





