गृहपृष्ठ साउदीमा सवारी दुर्घटनामा गंभीर घाइते भएका बाग्लुङ्गका दुर्गा नेपालीको, उपचारका लागि आर्थिक सहयोगका लागि अपील
साउदीमा सवारी दुर्घटनामा गंभीर घाइते भएका बाग्लुङ्गका दुर्गा नेपालीको, उपचारका लागि आर्थिक सहयोगका लागि अपील
नेपालबाट धन कमाउने र परिवारलाई आर्थिक रूपमा सहयोग गर्ने सोच लिएर वर्षमा लाखौं नेपाली परदेशको यात्रा गर्दछन् । नेपालमा राम्रो अबसर नपाएका नेपालीहरूको लागि परदेशको यात्रा गर्नु आम कुरा हो। तर परदेशमा पनि दुःख गरेर धन कमाउन धेरै जना खटिएका हुन्छन र सोही क्रममा ज्यान गुमाउन पनि पर्दछन ।
बैदेशिक रोजगार बोर्डको एउटा तथ्याङ्कको अनुसार पछिल्लो एक दशकमा लगभग १२,००० भन्दा बढी नेपालीहरूले परदेशमा ज्यान गुमाएका छन्। त्यसमा पनि साउदी अरबमा ज्यान गुमाउनेहरुको संख्या धेरै रहेको छ। यो त ज्यान गुमाउनेहरुको मात्रै तथ्याङ्क हो, कोही नेपाली त काम गर्दै गर्दा गम्भीर घाइते हुन जान्छन् र आफूले काम गर्ने संस्था ले सहयोग गर्न नसके पछि नेपाल फर्किन पर्छ। आफ्नो भविष्य राम्रो बनाउने र घर परिवारको पालन पोषण गर्ने सपना बोकेर बागलुङ बरेङ गाउँपालिका २, हुग्दिशिरका दुर्गा बहादुर नेपाली केही वर्ष अघि साउदी पलायन भएका थिए।
नेपालबाट सकुशल काम गर्न गएका दुर्गा बहादुर नेपालीले हाल डिसेम्बर १०, २०२३ अर्थात् मंसिर २४, २०८० आईतबारका दिन साउदी अरबमा फोरक्लिप गाडी दुर्घटना हुँदा गंभीर रूपमा घाइते हुन गएका थिए । उनको शरिरको देब्रे खुट्टा र ढाडमा चोट लागेको छ, र जसले गर्दा उनी चल्न नसक्ने भएका छन् । उनको काम गर्ने संस्थाले साउदीमा उपचार गर्न सकिँदैन भनेर उनलाई नेपाल पठाएको थियो । नेपालमा अहिले उनको उपचार चली रहेको छ, तर उपचारमा धेरै पैसा खर्च हुने र आर्थिक रूपमा कमजोर भएकोले उनले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजु भाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सहयोग गर्न अपील गरेका छन्, साथै विभिन्न संघसंस्था, पत्रकारहरुलाई पनि सहयोगका लागि अपील गरेका छन्। अहिले उनको उपचार काठमाडौंमा स्थित ग्राण्डी अस्पतालमा भइरहेको छ र उनको आफ्नै दिदी गायिका अमृता नेपालीले पनि सबैलाई सहयोगका लागि अपिल गरेकी छन् । साथै सहयोगको देवीनगर निवासी गणेश क्षेत्रीले पनि सबैजनाले अगाडि आएर आफूले सकेको सहयोग गर्न आग्रह गरेका छन ।
उनलाई सहयोग गर्ने चाहनेहरूको लागि उनको
अकाउंट नम्बर : 04301000673102000001
अकाउंट होल्डर : दुर्गा बहादुर नेपाली
सम्पर्क नं : ९८६९११४७३८