२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ नेप्सेमा सामान्य गिरावट २६२२.२२ बिन्दुमा ओर्लियो सूचक

नेप्सेमा सामान्य गिरावट २६२२.२२ बिन्दुमा ओर्लियो सूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ०.२६ अंकको सामान्य गिरावटसहित २६२२.२२ बिन्दुमा पुगेर बन्द भएको छ। बजारमा थोरै गिरावट देखिए पनि कारोबार रकम भने ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५१७ रुपैयाँ पुगेको छ। आज कारोबारमा आएकामध्ये १५० वटा कम्पनीको सेयर मूल्य घट्दा ११० वटा कम्पनीको मूल्यमा वृद्धि भएको छ भने १८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

आज उच्च नाफा कमाउने कम्पनी माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका लगानीकर्ताहरूले आज सबैभन्दा धेरै नाफा आर्जन गरे त्यस्तै उच्च घाटा व्यहोर्ने कम्पनीमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरका शेयरधनीहरूले सबैभन्दा बढी नोक्सानी व्यहोर्नुपर्यो।

सकारात्मक उपसूचक नेप्से समग्रमा घटेपनि बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचकहरू भने हरियाली (सकारात्मक) रहे। समग्रमा, बजारमा आज तीव्र उतारचढावका बीच लगानीकर्ताहरू बीच ‘पर्ख र हेर’ को अवस्था देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार