गृहपृष्ठ नेप्सेमा १९ अंकको गिरावट, २६२२ बिन्दुमा ओर्लियो सेयर बजार
नेप्सेमा १९ अंकको गिरावट, २६२२ बिन्दुमा ओर्लियो सेयर बजार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अंकले घटेर २६२२.४८ को बिन्दुमा झरेको छ। दिनभरमा कुल ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज बजारमा मन्दी देखिँदा व्यापार समूह बाहेक बाँकी सबै उपसूचक राताम्मे बनेका छन्। सबैभन्दा ठूलो गिरावट उत्पादन तथा प्रशोधन समूहमा देखियो, जुन १४७.०६ अंकले ओरालो लाग्यो।
कारोबार भएका कम्पनीहरूमध्ये: घटेका कम्पनी २१७, बढेका कम्पनी ५७ र स्थिर रहेका कम्पनी ५ रहेका छन् । अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि बजारमा नकारात्मक दबाब परेको छ।











