२०८३ जेठ १६ गते शनिवार | May 30, 2026

गृहपृष्ठ गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै

गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै

बुटवल  । लोकप्रिय गायक प्रताप दासको आवाज, सङ्गीतकार श्रीधर अधिकारीको सङ्गीत तथा गीतकार डा. बिष्णु मुर्ती भट्टराईको शब्दमा आधुनिक गीत “हिसाब बराबर” बजारमा आएको छ। अलन्कार स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा सङ्गीत समयोजन विशाल निरौलाको रहेको छ।

यस गीत सुनिल बिस्वकर्माको निर्देशनमा बनेको छ भने छायांकन बिष्णु बेल्बासे र पुरन सुनारको रहेको छ भने सम्पादन  बिस्वकर्मा कै रहेको छ। यस गीतमा बिजय भुसाल, सागर खनाल र सृष्टि मगरको जिवन्त अभिनय देख्न सकिने छ। गीत,गीतकार डा. बिष्णु मुर्ती भट्टराईको आफ्नै YouTube Channel ” https://www.youtube.com/watch?v=MZbtbO1viGE ” मार्फत बजारमा आएको हो।

धेरै सदाबहार गीतमा स्वर भरिसकेका लोकप्रिय गायक प्रताप दासको सुमधुर आवाजमा सुन्दर भिडीयो सहित बजारमा आएको यस गीत “हिसाब बराबर” दर्शक स्रोताको मन मस्तिष्कमा बस्ने छ र एउटा सदाबहार गीत बन्ने छ भन्ने कुरामा निर्माण टीम आशावादी रहेको छ। अझै राम्रो सृजनाहरु पस्किनु होला शुभकामना सहित हाम्रो तर्फबाट पनि “हिसाब बराबर” टीमलाई अपार सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार