२०८३ साउन १४ गते बिहीवार | July 30, 2026

गृहपृष्ठ लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा भुल्के माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा भुल्के माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

तिलोत्तमा, १४ साउन । लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको आयोजनामा तिलोत्तमा-११ स्थित श्री भुल्के माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। साउन १४ गते आयोजित उक्त कार्यक्रम क्लबका अध्यक्ष लायन प्रतिक कुमार पाण्डेको अध्यक्षता तथा GET Co-ordinator लायन ज्ञानप्रसाद पौडेल (MJF) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी, अतिथिहरूको रूपमा लायन्स डिस्ट्रिक्ट चिफ बाबुराम खनाल, एरिया टिम लिडर लायन बद्री थापा, रिजन चियरपर्सन लायन खेम बहादुर थापा, जोन चियरपर्सन लायन गीता पौडेल क्षेत्री, पूर्व अध्यक्ष (IPP) लायन रमेश कुमार पराजुली, र ‘सेवा नेपाल समाज’का दिल्लीराज पराजुलीको उपस्थिति रहेको थियो। वृक्षारोपण कार्यक्रममा क्लबका उपाध्यक्ष लायन पिताम्बर खनाल, सचिव लायन नारायण अधिकारी, र सदस्य लायन सपना पौडेलको सक्रिय सहभागिता रहेको थियो।

सो अवसरमा विद्यालयका शिक्षकहरू ज्योति कला बुढाथोकी, मन कुमारी आचार्य, पार्वती थापा र  मनोज चालिसे लगायत स्थानीय समाजसेवी, विद्यालय परिवार तथा लायन्स अभियन्ताहरूको उपस्थितिमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। पर्यावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विद्यालय वातावरणलाई थप स्वच्छ र रमणीय बनाउन योगदान पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार