गृहपृष्ठ ट्रक जुध्दा चालकको गयो ज्यान
ट्रक जुध्दा चालकको गयो ज्यान
महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते छन् । सोमबार राति साढे १२ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपाने रहेको इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।
उनीहरूको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको हो ।सहचालक विश्वास साही र घनश्याम खड्का घाइते भएका छन् । उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आउँदै गरेका ना३ख ३०११ र ना ७ ख ७०२३ नम्बरका ट्रक जुधेका हुन् ।





