२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ जान्नुहोस कहाँ रहेछ गणेश भगवानको काटिएको शिर राखिएको यो अद्भुत गुफा…….

जान्नुहोस कहाँ रहेछ गणेश भगवानको काटिएको शिर राखिएको यो अद्भुत गुफा…….

हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवले क्रोधमा आएर गणेशजीको शिर काटिदिएका थिए । पछि माता पार्वतीले भनेपछि भगवान् शिवले हात्तीको टाउको ल्याएर जोडिदिएका थिए । तर, भगवान् गणेशको शिर कहाँ राखिएको थियो भन्ने कुरा सायदैलाई मात्र थाहा होला ।

भगवान् शिवले गणेशजीको वास्तविक शिर एउटा गुफामा राखेका थिए । उक्त गुफा भारतको उत्तरखण्डस्थित पिथौरागढमा रहेको छ । यस गुफालाई पाताल भुवनेश्वरको नामबाट पनि चिन्ने गरिन्छ ।यसको वर्णन स्कन्द पुराणमा गरिएको छ । जहाँ गणेशजीको शिर रहेको छ त्यहाँ भक्तहरुको आस्थाको केन्द्र रहेको छ । त्यहाँ रहेको गणेशजीको मूर्तिलाई आदि गणेश भनेर भन्ने गरिन्छ ।

यो गुफा एउटा विशाल पहाडको ९० फिट भित्र रहेको छ । यो गुफाको खोजी भगवान् आदि शंकराचार्यले गरेका थिए । यस गुफामा भगवान् गणेशको काटिएको शिरको माथि १०८ शवाष्टक व्रह्मकमल रहेका छन् ।

यो व्रह्मकमलबाट भगवान् गणेशको शिलारुपी मूर्तिमा जल झर्छ । मान्यताका अनुसार यो व्रह्मकमल भगवान् शिवले नै स्थापित गरेका थिए ।मन्दिरमा आदिगणेशको शिर खस्दै गरेको देखिन्छ । यो गुफामा कालभैरवको जिब्रोको पनि दर्शन गर्न सकिन्छ ।यसबारेमा मानिसहरु कालभैरवको मुखबाट पसेर गर्भमा प्रवेश गर्दै पुछारबाट निस्किँदा मुक्ति मिल्ने विश्वास गर्छन् ।(

यो पनि स्यस कारण लगाउँथिन् सीताले वनबासको समयमा पहेँलो कपडा १महाभारत र रामायण नसुन्ने मानिस नेपालमा सायदै नहोलान् । तपाइँले रामायणमा राम, सीता, लक्ष्मण, हनुमान, रावण लगायत धेरै पात्रहरुको कथा सुन्नु नै भएकै होला ।आज हामी तपाईलाई माता सीताले वनबासको बेला किन पहेँलो रङकै कपडा लगाइन् भन्ने कुराको बारेमा जानकारी दिनेछौँ ।

भगवान श्रीराम, लक्ष्मण र सीताले वनबासको बेला पहेँलो रङकै कपडा लगाएका थिए । १४ वर्षको वनबासमा मोह, माया र घमण्डरहित भएर वनबासमा जानुपर्ने थियो ।त्यसैले उनहरुले राजसी कपडाहरु त्यागेर अन्य कपडा लगाए ।

साधु सन्तहरुले तपस्यामा गएका बेला गेरु कपडा लगाउँछन् । तर उनीहरु साधुसन्त नभएकोले गेरु कपडाको स्थानमा पहेँलो रङको कपडा चुनेका थिए ।उनीहरु तपस्याको लागि गएको तर साधु, सन्यासी नभएकोले पहेँलो रङको कपडा लगाएको कुरा धर्मशास्त्रमा वर्णन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार