२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ दिपेन्द्र सिंह ऐरीको १४० रन खेरा , एपीएफको लगातार दोस्रो जित

दिपेन्द्र सिंह ऐरीको १४० रन खेरा , एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफले काठमाडौं मेयर्स कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई १ विकेटले पराजित गरेको हो ।

एपीएफको जितका लागि सुवास खकुरेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले । पुलिसले दिएको २५९ रनको लक्ष्य पछ्याएको एपीएफले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

सुमित महर्जन ३३ र कप्तान शरद भेषवाकर २० रनमा अविजित रहे । सुमितले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । शरदले २६ बलमा एक छक्का सहित २० रन जोडे । कमल सिहं ऐरीले १४ र अभिनास बोहराले १२ रन जोडे ।
बलिङतर्फ पवन सराफले सर्वाधिक पाँच विकेट लिएपनी टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । उनले ९ ओभरमा ४५ रन खर्चँदै ५ विकेट लिएका थिए । योगेन्द्र सिंह कार्कीले दुई तथा दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए ।
यसअघि दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट शतकीय पारीमा विभागीय टिम नेपाल पुलिस क्लबले २ सय ५८ रन जोडेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनायो ।

पुलिसको उच्च योगफलमा दिपेन्द्र सिंह ऐरीले १ सय ४० रनको शतकीय इनिङ्स खेले । दिपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । यो दिपेन्द्रको करियरकै पहिलो शतक हो ।

यस्तै पवन सर्राफले ३५ रन जोडे । उनेल ३० बलमा ४ छक्का सहित ३५ रन जोडेका हुन् । सुनिल धमलाले ३३ रनको योगदान दिए । उनले ७२ बलमा दुई चौका सहित ३३ रन बनाए ।
अनिल साहले २२ बल खेल्दा १८ रन जोड्दा कुशल भुर्तेलले २४ बलमा १० रन जोडे । पुलिसका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् ।
बलिङतर्फ एपीएफक शरद भेषवाकरले ३ विकेट लिए । उनले १० ओभरमा ४२ रन खर्चँदै ३ विकेट लिएका हुँन् । त्यस्तै अविनास बोहराले २ र अमर रौटेलाले १ विकेट लिए ।
Source-WicketNepal

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार