गृहपृष्ठ लम्जुङ्ग प्रहरीकाे लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ
लम्जुङ्ग प्रहरीकाे लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ
लमजुङ,२३ फागुन ।
लमजुङमा लागु औषध ओसारपसार हुदै छ भन्ने बिशेष रुपमा प्राप्त हुन आएको सुचनाको आधारमा प्रहरीले २ जना व्यक्ति लागू अौषधसहित प्रकाउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ र ईलाका प्रहरी कार्यालय भोटेओडारबाट खटीएको प्रहरी टोलीले लागूऔषधसहित २ जना व्यक्तिलाई प्रकाउ गरेको हो ।
फागुन २२ गते लागू औषध ओसारपसार सुचना पाउना साथ शंस्कापद व्यक्ती उपर चेकजाच गर्ने क्रममा दिउँसो १:०० बजेको समयमा जिल्ला लमजुङ बेसीशहर नगरपालिका वडा नं. १ उदिपुर स्थितमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ५ घर भएका गणेश भण्डारी प्रकाउ परेका छन्। हाल सुन्दरबजार नगरपालिका वडा नं. ९ स्थित मोटरसाईकल ग्यारेजमा काम गर्ने बर्ष २४ को गणेश भण्डारीलाई फेला पारी खानतलासी गर्दा निजको साथबाट लागु औषध Cerejack एम्पुल-११, Noophin एम्पुल-११ र Phernergan एम्पुल-११ फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सोही दिन साझँ ५:३० बजेको समयमा लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ७ पाउँदीमा पनि अर्का लागूऔषध कारोबार गर्ने कृष्णराज गिरी प्रकाउ परेका छन् । दोलखा तामाकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. १ बस्ने बर्ष ३२ को कृष्णराज गिरीलाई फेला पारी उनको शरिर खानतलासी गर्दा उनको साथमा पनि लुकाई छिपाई लिई आएको लागुऔषध Cerejack एम्पुल-१५, Noophin एम्पुल-१५ र Phernergan एम्पुल-१५ फेला पारी बरामद गरिएको छ ।लागूऔषध कारोबार तथा ओसारपसार गर्ने गणेश भण्डारी र कृष्णराज गिरिलाई जिल्ला अदालत लमजुङबाट लागूऔंषध (नियन्त्रण)एैन २०३३ अनुसार थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख गंगा बहादुर थापाले जानकारी दिनुभएको छ।





