२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपाल पुलिस क्लबको काठमाडौं मेयर्स कपमा दोस्रो जित

नेपाल पुलिस क्लबको काठमाडौं मेयर्स कपमा दोस्रो जित

नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कपमा दोस्रो जित हात पारेको छ । विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित हात पारेको हो ।

पुलिसले यस अघि बागमती प्रदेशलाई पराजित गरेको थियो भने एपीएफसंग पराजित भएको थियो। आर्मीले पहिलो खेलमा एपिफसंग हार बेहोरेको थियो भने दोश्रो खेलमा काठमाडौँ मेयर्स-११ लाई पराजित गरेको थियो।

मुलपानी क्रिकेट मैदानमा मंगलवार भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो ।

पुलिसका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए । यस्तै दिलिप नाथले १५ रन जोडे । पवन सर्राफले अविजित २२ रन बनाए । पवनले २६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

बलिङमा आर्मीका शाहब आलमले ९ ओभरमा १ मेडन राख्दै ४५ रन खर्चेर ७ विकेट लिए । यो प्रतियोगिताकै उत्कृस्ट बलिंग प्रदर्शन हो।

त्यसअघि पुलिस स्पीनले उत्कृष्ट प्रदर्शन गर्दा आर्मी ३०.१ ओभर खेल्दै ८७ रनमै अलआउट भएको थियो ।

आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यसअघिका दुई खेलमा ओपनिङ गरेका लोकेशले पुलिस विरुद्ध भने नवौं नम्बरमा ब्याटिङ गरेका हुन् । उनले २४ बल खेल्दै २ चौका ३ छक्का प्रहार गरे ।

४३ रन हुँदा ८ विकेट गुमाएको आर्मीका लागि लोकेश र विक्रमको नवौं विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

विक्रमले १४ र रोहित पौडेलले १३ रन बनाए । यी तीन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीलाई अलआउट गर्न पुलिसका सागर ढकालले १० ओभरमा २ मेडन राख्दै ४० रन खर्चेर ५ विकेट लिए ।
यस्तै पवन सर्राफले १० ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी ५.१ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार