२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

नेपाल एपीएफ क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

नेपालगञ्ज रंगशाला मंगलबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा एपीएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ को सेटमा पराजित गर्यो ।

यस्तै तेस्रो भएको होङग्वान्जी न्यु डाइमण्डले लुम्बिनी युनाइटेडलाई २५–१६, २५–११ र २५–१३ को सेटमा पराजित गर्यो ।

उपाधिसँगै एपीएफले ५ लाख, पुलिसले २ लाख र न्यु डाइमण्डले १ लाख प्राप्त गरेका छन् । चौथो भएको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा तीन विभागिय टोली सहित ५ टोलीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार