गृहपृष्ठ सर्जक रमेश परियारको उत्कृष्ट सृर्जनामा ‘शब्दकोष’ सार्वजनिक (भिडियोसहित)
सर्जक रमेश परियारको उत्कृष्ट सृर्जनामा ‘शब्दकोष’ सार्वजनिक (भिडियोसहित)
सुमन ढकाल, काठमाडौं ।
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोकदोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र धेरै माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक एवम् गायिका शितल गुरुङ र अमृता नेपालीको सुमधुर स्वरमा निकै प्रतिक्षित गित ूपैतालाू गित भखरै सार्वजनिक भएको छ । शुभारम्भ डिजिटलको प्रस्तुतिमा रहेको गितको अफिसियल म्युजिक भिडियो ” सुभारम्भ डिजिटल ” युटुव च्यानलबाट सार्वजनिक भएको छ ।
काठमाडौंमा बसेर आफ्नो सांगितिक यात्रा अघि वढाईरहेका गायक शितल गुरुङ पछिल्लो समय अत्यन्तै लोकप्रिय गायकका रुपमा चिनिएका छन् । सबैको आखामा राख्दा पनि नविजाऊने , अत्यन्तै सरल स्वभावका, मिलनसार गायक शितलको थुप्रै गितहरु चर्चाको शिखरमा छन् । उनको जादुमय स्वरका फ्यानहरु थुप्रै छन् , लोकप्रिय कार्यक्रम सारङ्गि संसारका नियमित कलाकारका रुपमा पनि उनको लोकप्रियता बढिरहेको छ ।
ढाट्यो जिन्दगीले, पौताला, मेरो माया कहाँ छ, काठैको ढोका काठैको झ्याल सानु, आशु झारेको, कौडा गित कुँडुले, हार खाईसके, सलल गण्डकि लगायत थुप्रै गितहरु उनको पछिल्लो सांगितिक कोसेलीहरु हुन् । टिकटक देखि युटुवसम्म उनका प्रत्येक गितहरु चर्चित छन् , पछिल्लो समय उनको सांगितिक चर्चा दिनहु बढ्दो क्रममा छ भने उनको लोकप्रियता पनि उतिकै वढिरहेको छ ।
त्यस्तै गरि गायिका अमृता नेपाली पनि एक चर्चित अनि लोकप्रिय गायिका हुन, उनको स्वरको फ्यानहरु धेरै छन् । झुटो माया चाईदैन पापीको गीतबाट आफ्नो छुट्टै पहिचान वनाएकि गायिका नेपालीको पछिल्लो सांगितिक बजारमा धेरै गीतहरु चर्चामा छन् । लाहुर जाने मदनहरु, मुटु कसेर, पन्चेबाजा गीत साईलि, नगर हल्ला, फुल खसेछ, चुहिने छानो, ओई साईली ओई माईली, धागो र सियो , पैताला लगायत थुप्रै गीतहरु चर्चामा छन् ।
यस्तै बिगत १४ बर्ष देखि नेपाली गीतसंगित क्षेत्रमा लागि आफ्नो छुट्टै पहिचान बनाऊन सफल सर्जक रमेश परियारको पछिल्लो समय उहाले सृर्जना गरेका थुप्रै गीतहरु बजारमा आएका छन् भने उनका प्रत्येक सृर्जनाले सागितिक वजारमा राज गरेका छन् , लोकप्रियता कमाएका छन् । कहिले माया प्रेमका गीत , कहिले विछोडका गीत , कहिले मन आनन्द गाऊने त कहिले मन भकानिएर रुने गीत , कहिले एकान्त बसेर सुन्दा आखा भरि आशु बिजाऊने अनि उकालि(ओराली भन्ज्याङ(चौतारी लेक वेशीका पुरानो मौलिक लोक(भाका झल्काउने आदि विशेषता उनका सृर्जनामा पाईन्छ ।
उनको सृर्जनामा रहेका गीतहरुमा विष्णु माझि, देवि धर्ति, पूर्णकला वि सी, शान्ति श्री परियार, मेलिना राई, अमृता नेपाली लगायत चर्चित गायिकाको स्वरमा पनि सजिएको पाईन्छ । जस मध्ये गिनिजबुक, मकैको खोसेल्टो, बाडुल्कि, ठेऊवाटार, फुल तोरीको , पानि तुर्कि, बैगुनि माया, ढाट्यो जिन्दगीले, धागो र सियो, चादीको राया, हार खाईसके, बाडुल्कि, काठैको झ्याल, बैशाखी, पौताला आदि हुन ।
यसै विच यिनि तिन चर्चित गायक गायिका अनि सर्जकको सहकार्यमा नया निकै मार्मिक मनछुने गीत शब्दकोष भखरै सार्वजनिक भएको छ । चर्चित गोरखाली सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द रहेको निकै मर्मस्पर्शी गितमा लोकप्रिय गायक शितल गुरुङ र अमृता नेपालीको सुमधुर आवाज रहेको छ , गीतमा माया प्रेम अनि धोकाको विषयबस्तु समेटेर मनुछुने शब्दहरु र भावनालाई प्रस्तुत गरिएको छ ।
स्मृति तिमिल्सिना गुरुआमाको उत्कृष्ट निर्देशनमा रहेको गीतमा किरण मगर र लोकप्रिय कलाकार सारिका केसीको निकै मनछुने अभिनय रहेको छ । गीतमा जुत्ताको माला लगाएर गाऊले गाऊ निकाला गरेको, निकै मनछुने दृश्यहरु भिडियोमा देख्न सकिन्छ ।
गोरखाको विभिन्न ठाऊहरुमा सुट गरिएको गीतको म्युजिक भिडियोमा निकै फरक फरक दृश्यहरुले भरिएको छ । सुरेश श्रेष्ठले छांयाकन गरेको गीतको म्युजिक भिडियो प्रकाश धमालाले सम्पादन गर्नुभएको छ ।
मोडेल किरण मगर पछिल्लो समय नेपाली सांगितिक बजारमा भखरै उदाऊदै गरेका नया कलाकार हुन, केहि समय अघि ” धागो र सियो , पैतला , पागलप्रेमी बजारमा आएका गितहरुमा उनको निकै मनछुने मर्मस्पर्शी अभिनय देख्न सकिन्छ , केहि हप्ता गरि आएको बजारमा आएको पौताला गीत र भखरै रिलिज भएको ” शब्दकोष ” दुवै गीतमा उनको लगानी रहेको छ ।
पौताला गीतमा उनको अभिनयको जताजतै चर्चा चलेको थियो, भिडियोमा उनले निकै फरक लुक्समा अभिनय गरेका र उनको फ्यानहरु पनि बढ्दै गएको र सकारात्मक प्रतिकृया आईरहेको छ ।
गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्नुहोस् :





