२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सहभागी नेपाली महिला फुटबल खेलाडीको गोलको वर्षा

पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सहभागी नेपाली महिला फुटबल खेलाडीको गोलको वर्षा

नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले च्याम्पियनसिपमा सियालकोट सिटीलाई १९-० को फराकिलो अन्तरमा पराजित गरेको हो ।

जसमा नेपालका खेलाडीले मात्रै १७ गोल गरे । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलेको मासा युनाइटेडका लागि सरु लिम्बु एक्लैले १० गोल गरिन् । सरु गत फागुनमा सम्पन्न राष्ट्रिय महिला लिगको उत्कृष्ट खेलाडी हुन् । यस्तै अनिता केसीले ६ गोल गरिन् भने डिफेन्डर गीता रानाले एक गोल गरिन् । मासाका लागि जारा इकबाल र सम्रोज समरिनाले एक/एक गोल गरिन् । पहिलो हाफमा ९ गोल गरेको मासाले दोस्रो हाफमा १० गोल गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार