२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ हेर्नुहोस कहिले हुदैछ ग्रिन लाइफ हाइड्रोपावरको आईपीओ सूचिकृत ….

हेर्नुहोस कहिले हुदैछ ग्रिन लाइफ हाइड्रोपावरको आईपीओ सूचिकृत ….

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएको छ । सेयर रजिष्टार्ड सानिमा क्यापिटल लिमिटेडका अनुसार सेयर सूचीकरणका लागि नेप्सेमा पठाइसकेको छ ।
नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले कम्पनीको आईपीओ सूचीकरणका लागि निवेदन आइसकेको र सबै कागजपत्रहरु पुगेको खण्डमा यसैसाता सूचीकरण सम्झौता हुने बताएको छन् । क्यापिटलका अनुसार आईपीओ आज अथवा भोलि भित्रमा लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिनेछ ।

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार