२०८३ मंसिर ३ गते बुधवार | November 18, 2026

गृहपृष्ठ सिरहामा मन्त्री मंण्डलको भेट्घाट कार्यक्रम सम्पन्न

सिरहामा मन्त्री मंण्डलको भेट्घाट कार्यक्रम सम्पन्न

महेश सिंह,सिरहा लहान, २८ फल्गुन ।

सिरहाको लहानमा वन तथा वातावरण राज्य मन्त्री सुरेश मंण्डलको कार्यकर्ता भेट्घाट कार्यक्रम सम्पन्न भएको छ । मंन्त्री मंण्डल का अनुसार कार्यकर्ताहरुलाई सचेत गर्दै पार्टी केन्द्रमा समायोजन भए पसछात स्थानीय तहमा समायोजन गरि जिल्ला समायोजनमा जाने बताउनु भयो । केन्द्रमा पनि पार्टीभित्र खिचातानी रहेको बताउनु भयो । देशको समसामयिक घटना र विषय बस्तुमा चर्चा गरेका थिए र बिकास निर्माणका काम मा सिरहाको लहान सहिद चौक र पोकरीया गडमा बिकासको काम अगाडि बढाएको बताए ।

पार्टीका निर्वाचित रेशम चौधरी लाई जेलबाट रिहा गरेन भने पार्टी धोस्त हुने समभावना रहेको बताउनु भयो । नेता चौधरी लाई रिहा गर्न पार्टीको बाध्यता रहेको मंन्त्री मंण्डल ले बताए । सिरहाको लहान नगर पालिका ७ स्थिति अबस्थित रहेको मदर ल्यानड स्कुलमा सिरहाको सम्बन्धित पार्टीका कार्यकर्ताहरुको भेट्घाट कार्यक्रम सम्पन्न भएको छ। मंन्त्री मंण्डल लाई सिरहामा भब्य स्वागत भएको पार्टीका केन्द्रिय सदस्य राकेश झा ले बताए ।

अतिथिमाहरुमा मोहम्मद आलम , भरत साह , शत्रुधन मंण्डल, राम प्रकाश महतो, दिपेन्द्र यादव ,मोहम्मद गुलाब राईन, राम प्रवेश कामति भने सदाम, नेपाल पोस्ट पोस्ट दैनिकका पत्रकार महेश सिंह,हर्शित नेपाल पत्रीकाका सम्पादक बिरेन्द्र प्रसाद नेपाल, फुलवारी संदेश अन्लाईन तथा मकालु टेलीभिजनका सिरहा सम्बादाता शम्भु चौधरी, जनकपुर टुडे पत्रीका र हिमाल टाइम्स दैनिकका सिरहा सम्बादाता रोहित मंण्डल लगायतको पत्रकारहरुको सहभगिता रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार