२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता

विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ ।

एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।

May be an image of 3 people and text that says 'ANFA Three Nations Cup 2021 KYRGYSTAN Olympic Team KFU VS ರាទ្នាក BANGLADESH NEPAL VS 17:30 hrs / 23rd Mar 2021 KFU BANGLADESH বలুফে KYRGYSTAN 17:30 hrs Olympic Team VS 25th Mar 2021 NEPAL 17:30 hrs Final: Top two teams will play the final match on 29th March 2021 Group Winner VS 27th Mar 2021 Group Runner-up 17:30 hrs 29th Mar 2021 Venue: Dasarath Rangashala, Kathmandu Ticketing Partner pRaBhu PAY'

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल २३ मार्चमा हुनेछ ।

यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा कुल ४ खेल हुनेछ ।

विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै एन्फाले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गर्न लागेको हो।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार