२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले सार्बजनिक गर्यो आईपीओ बाँडफाँड हेर्नुहोस कहिले ?

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले सार्बजनिक गर्यो आईपीओ बाँडफाँड हेर्नुहोस कहिले ?

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) चैत्र १३ गते, शुक्रबार बाँडफाँड हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको अनुरोधमा चैत्र १३ गते, शुक्रबारका लागि बाँडफाँड मिति तय भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा धेरै आवेदन परेको हुनाले यो आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ यता बाँकी १२ लाख १० हजार भन्दा धेरै भने सेयर पाउनबाट वञ्चित हुनेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार