गृहपृष्ठ नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) । कुन टिममा कस्ता खेलाडी ?
नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) । कुन टिममा कस्ता खेलाडी ?
वैशाखमा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा सहभागी सात टिमले अक्सनमार्फत टिममा खेलाडी भित्र्याएका छन्।
अक्सनमा सहभागी १४९ खेलाडी मध्ये ९८ खेलाडी विभिन्न टिममा आबद्ध हुन सफल भए। ५१ खेलाडी भने कुनै पनि टिममा आबद्ध हुन सकेनन्।
अक्सनमा सहभागी खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरिएको थियो। जसमा ए श्रेणीको न्यूनतम मूल्य १ लाख र अधिकतम मूल्य २ लाख तोकिएको थियो।
यस्तै बी श्रेणीको न्यूनतम मूल्य ५० हजार राखिएको थियो। बी श्रेणीका खेलाडीको अधिकतम १ लाख २० हजार रुपैयाँ तोकिएको थियो।
सी श्रेणीका लागि न्यूतनम मूल्य २० हजार तोकिदा अधिकत मूल्य ७५ हजार रुपैयाँ थियो।
अक्सनमा पहिलो श्रेणीका आठ खेलाडी सर्वाधिक २ लाख रुपैयाँमा विभिन्न टिममा आबद्ध भएका छन्।
जसमा दिनेश राजवंशी (डिफेन्डर, धनगढी एफसी), विकास खवास (डिफेन्डर, एफसी चितवन), सुजल श्रेष्ठ (मिडफिल्डर, पोखरा थन्डर्स), एरिक विष्ट (मिडफिल्डर, ललितपुर सिटी एफसी), सुनील बल (मिडफिल्डर, विराटनगर सिटी एफसी), विशाल सुनुवार (गोलकिपर, एफसी चितवन) दीप कार्की (गोलकिपर,पोखरा थन्डर्स) र तेज तामाङ (मिडफिल्डर, काठमाडौं रेजर्स) मा २-२ लाख रुपैयाँमा भित्रिए।
एक टिममा बढीमा २० जना खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी, एक मार्की र दुई स्थानीय खेलाडी हुनेछन्। बाँकी खेलाडी अक्सनबाट छनोट भएका खेलाडी भए ।
आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।
टिममा को-को खेलाडी छनोट भए:-





