२०८२ माघ २२ गते बुधवार | February 04, 2026

गृहपृष्ठ प्यारामाउण्ट क्रिकेट लिगको उपाधी प्यारामाउण्ट किङसलाई

प्यारामाउण्ट क्रिकेट लिगको उपाधी प्यारामाउण्ट किङसलाई

तिलोत्तमा । प्यारामाउण्ट क्रिकेट लिग—२०८२ को उपाधी प्यारामाउण्ट किङसले जितेको छ । प्यारामाउण्ट गोर्खाजलाई १३ रनले हराउँदै प्यारामाउण्ट किङसले लिगको पहिलो संस्करण आफ्नो पोल्टोमा पार्न सफल रह्यो । भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिँग गरेको प्यारामाउण्ट किङसले निर्धारित २० ओवरको खेलमा ४ विकेटको क्षतिमा १२४ रनको मध्यम योगफल तयार पारेको थियो । १२५ रनको टार्गेट पछ्याएको प्यारामाउण्ट गोर्खाजले १८ औँ ओवरमा अलआउट हुनुअघि १११ रन मात्र बनाउन सक्यो ।

किङसको जीतमा विश्वास थापाले महत्वपुर्ण २९ रन जोडे भने, सन्देश पन्थिले २४, विक्की सुनारले नकआउट २४ तथा आर्यन भण्डारीले १६ रन बनाए । गोर्खाजका लागी नितिन शर्माले ३ र आरिफ अहमदले १ विकेट लिएपनि हार टार्न सकेनन । १२५ रनको लक्ष्य पछ्याएको गोर्खाजका लागी अर्पन तिमिल्सिनाले २९, सागर गैरेले १८ तथा रोशन बस्यालले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सझनालायक प्रर्दशन गर्न सकेनन । प्रतियोगितामा विजयी टोली किङसको तर्फबाट अलराउण्डर प्रद्र्धशन गरेका सन्देश थापा “म्यान अफ दी म्याच” घोषित भए ।

प्रतियोगितामा किङस कै नन्दलाल चाई बेष्ट ब्याट्सम्यान घोषित भए भने, गोर्खाजका समुन्द्र गौतम बेष्ट बलर तथा उपाधी विजेता किङसका टिम क्याप्टेन सन्देश पन्थि म्यान अफ दी सिरिज भए । समापन कार्यक्रममा प्रमुख अतिथि लगायतले प्रतियोगिताको विजयी टोली प्यारामाउण्ट किङसलाई नगद रु १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ भने उपविजेता टोली प्यारामाउण्ट गोर्खाजलाई नगद रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकाका उपप्रमुख उमा अधिकारीले नेपाल मै पहिलो पटक अक्सनबेसमा आधारित प्रतियोगिता गरेर प्यारामाउण्ट माविले ग्रासरुट क्रिकेटमा नयाँ अध्यायको शुरुवात गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्यारामाउण्ट माविका संस्थापक प्राचार्य डा.दामोदर भुषालले अक्सनमा आधारित प्यारामाउण्ट क्रिकेट लिगलाई हरेक बर्ष निरन्तर रुपमा सन्चालन गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पुरस्कार वितरण समारोहमा क्यानका पुर्व सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट संघका पदाधिकारी, प्यारामाउण्ट क्रिकेट कमिटीका अधयक्ष गोपाल ज्ञवाली एवँ अन्य पदाधिकारी, विद्यार्थी तथा खेलाडी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । समापन कार्यक्रमको सन्चालन सुरज पन्तले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार