२०८२ माघ २२ गते बुधवार | February 04, 2026

गृहपृष्ठ डा. बिष्णु मुर्ती भट्टराईको “झरे आशु” गीत सार्बजनिक

डा. बिष्णु मुर्ती भट्टराईको “झरे आशु” गीत सार्बजनिक

तिलोत्तमा । डा.बिष्णु मुर्ती भट्टराईको शब्द, कृष्ण मुर्ती भट्टराईको सङ्गीत अनि स्वरमा आधुनिक गीत “झरे आशु” बजारमा आएको छ। अलन्कार स्टुडीयो अनामनगरमा रेकर्ड गरिएको यस गीतमा सङ्गीत समयोजन विशाल निरौलाको रहेको छ ।

गीत गीतकार डा.बिष्णु मुर्ती भट्टराईकै निर्देशनमा बनेको छ भने छायांकन, सम्पादन, सुनिल विश्वकर्माको रहेको छ । गीत,गीतकार डा. भट्टराईको आफ्नै YouTube Channel “Dr Bishnu Murti Bhattarai” मार्फत बजारमा आएको छ । पेशाले शल्यचिकित्सक डाक्टर बिष्णु मुर्ती भट्टराई काठमाडौं बाहिर रहेर पनि बर्सौ देखि निरन्तर गीत सृजना गरि रहनु भएको छ। गीतको भावना, सङ्गीत, आवाज सबै हिसाबले कर्णप्रिय बनेकोले गीत दर्शक स्रोताले मन जित्ने उनको भनाई छ र एउटा सदाबहार गीत बन्नेछ भन्ने कुरामा सर्जकहरु आशावादी रहेको पाइयो। गायक कृष्ण मुर्ती भट्टराईको यस अघि आज मलाइ, मेरो तस्बिर, सलाइ, छौकी दोधारमा, गीत बजारमा आइसकेका छन। हाम्रो तर्फबाट पनि “झरे आशु” लाई सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार